चन्द्रपुर । रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने क्याम्पस चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याक्पसमा उत्साहपुर्वक स्वबियु निर्वाचनको मतदान भइरहेको छ । २ हजार ९ सय ५४ जना मतदाता रहेको सो क्याम्पसमा बिहान ८ बजे देखी निर्वाचन शुरु भएको क्याम्पसका स्वबियु निर्वाचन अधिकृत बिनोद तिमलसिनाले जानकारी दिए।
मतदान गर्न बिद्यार्थीहरुको सक्रिय सहभागिता रहेको सोही क्याम्पसका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । अहिले सम्म शान्त बाताबरणमा मतदान भइरहेको छ । उक्त क्याम्पसको स्वबियु सभापतिको लागी ४ वटा संगठनले प्यानल सहित उमेदवारी दर्ता गराएका छन ।
