भारतीय नोट सहित सुढि पक्राउ

रौतहट । भारतीय रुपैया सहित सशस्त्र प्रहरीले रौतहटको दुर्गा भगावती गाउँपालिका निवासी एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको राजदेवी नगरपालिकाको भारत संग जोडिएको सीमानाका भई ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका राजकुमार सुढीलाई सशस्त्र प्रहरीले भारतीय रुपैया सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए । 

भारतबाट साइकल चढेर आउदै गरेका सुढीलाई शनिवार अपरान्ह् चेकजाँच गर्दा आलुखुर्सानी राखेको नाइनलको झोला भित्र पोका बनाएर राखिएको ३ लाख ७८ भारतीय रुपैया सहित नियन्त्रणमा लिइएको उपरीक्षक बस्नेतले बताए । 

पक्राउ परेका सुढीलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि आज गौर भन्सार कार्यालय बुझाउने तयारी भईरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles