काठमाडौं । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । कुलमानको कामबाट असन्तुषट बनेका उर्जा मन्त्री दिपक खड्काले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा घिसिङलाई हटाउने प्रस्ताव गरेका थिए । बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।
२०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकब्ँट प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालकालागि नियुक्त भएका उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ र सरकारबीच दुरी बढेको थियो ।
यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।