नेपाल चिकित्सक संघ रौतहटको अध्यक्षमा डाक्टर सुभाष चौधरी

चन्द्रपुर । सनिबार भएको नेपाल चिकित्सक संघ रौतहट अधिबेशनबाट अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन भएका छन्। 

चन्द्रनिगाहपुरमा सम्पन्न चिकित्सकहरूको भेलाले चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक डाक्टर सुवास चौधरीकोको नेतृत्वमा १५ सदस्यीय चिकित्सक संघ रौतहट शाखाको समिति गठन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा डाक्टर कौशर आलम, उपाध्यक्षमा डाक्टर राकेश चौधरी, सचिवमा डाक्टर मनोज कुमार कौशल, कोषाध्यक्षमा डाक्टर सशि रञ्जन तिवारी, सहसचिवमा डाक्टर नबिन कुमार सिंह, सह कोषाध्यक्षमा डाक्टर रामभरोस प्रसाद चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा डाक्टरहरु श्यामबाबु साह, राकेश कुमार साह, पंकज कुमार साह, यादव प्रसाद घिमिरे, रामईश्वर साह, अमरेश कुमार यादव, अम्बेडकर कुमार यादव र डाक्टर सदरे आलम चुनिएको अध्यक्ष डाक्टर चौधरीले जानकारी दिए ।

भेलाले डाक्टर राजेन्द्र कुमार चौधरी र डाक्टर अभिनन्दन श्रीवास्तव लाई संघको सल्लाहकार समितिमा चयन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles