सिसिटिभी क्यामेराको निगरानीमा चन्द्रपुर नगरपालिका

चन्द्रपुर ,२७ बैशाख । 

रौतहटको मुख्य व्यापारीक केन्द्र चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर अब सिसिटिभिको निगरानीमा रहने भएकाे छ ।पुर्व-पश्चिम राजमार्ग र गौर-चन्द्रपुर सडक खण्ड रहेको चन्द्रपुर नगर क्षेत्रहरूमा हुने सवारी दुर्घटना,चोरी,लुटपाट लगायतका विभिन्न घट्नाहरू घटाई अपराधिहरू भागी फरार भई अन्य जिल्लाहरूमा प्रवेश गर्दा थप चुनौतिहरू थपिदै आएकोमा चन्द्रपुर नगरपालिकले क्यामेरा जडान गरेको हो । आपराधिक कृयाकलाप रोकथाम तथा नियन्त्रण गरी प्रहरी कार्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको पहल र चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरको आर्थिक सहयोगमा नगरको बिभिन्न स्थानहरूमा ६ थान एनपिआर क्यामेरा सहित १४ वटा दिन र रातको समयमा समेत नम्वर प्लेट रिडिङ  गर्नसक्ने क्यामेरा राखिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख,प्रहरी नायब उपरीक्षक   राजकुमार राईले जानकारी दिए ।

 यस भन्दा अगाडी नै जडान गरिएको ३२ वटा सिसिटिभि क्यामेरावाट बजार क्षेत्रको गतिविधि निग्रानी गरिदै आएको प्रमुख राईले बताए । 

 हालसम्म जडान भएका ४६ वटै क्यामेराहरू मार्फत चन्द्रपुर क्षेत्रको सुरक्षासंग सम्वन्धित विभिन्न क्रियाकलापहरूको चौबीसै  घण्टा  निग्रानी गर्ने कार्य शुरू  भएकाे र थप चाहिएमा सहयाेग गरिने र नगरको शान्तिसुरक्षामा हरेक सहयोग गर्न पालिका तयार रहेको चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्लेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles