‘जय नेपाल कप’ को उपाधी सिन्धुरेघारी बहुमुखी क्याम्पसलाई

चन्द्रपुर। कोटीहोम क्रिकेट मैदानमा संचालित ‘जय नेपाल कप’ अन्तर्गत भएको फाइनल खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुरले मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा लाई ६८ रनले पराजित गर्दै उपाधि हात पारेको छ।

बिहीबार सम्पन्न फाइनल खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पसले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३१ रन बनायो। टोलीका तर्फबाट राजेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा अविजित ४९ रन बनाएका थिए भने राज पटेलले २५ बलमा ३० रन जोडे। विजय रौनियारले पनि ५ बलमा ८ रनको योगदान दिए।

बलिङतर्फ मध्य रौतहटका उमेश पटेल, धर्मेन्द्र साह र विक्की सुरजले समान ४ ओभर पूरा गर्दै क्रमश: १/ १ विकेट लिए। जवाफमा मध्य रौतहट बहुमुखी क्याम्पस १०.२ ओभरमै जम्मा ६३ रनमै अलआउट भयो। रवि जैसवालले ५ बलमा १२ रन जोडे, अमरेन्द्र जैसवालले १७ बलमा ११ रन, र विक्की सुरजले ७ बलमा १० रन बनाए। बाँकी ब्याट्सम्यानहरू खासै टिक्न सकेनन्। सिन्धुरेघारी बहुमुखी क्याम्पसका बलर मोहन घिमिरेले ३ ओभरमा १५ रन दिँदै ५ विकेट लिएर खेललाई एकतर्फी बनाएका थिए।

राजेश यादवले २.२ ओभरमा १४ रन खर्चेर २ विकेट लिए भने अर्बिन्द बैठाले २ ओभरमा १२ रन दिँदै १ विकेट झारे। सिन्धुरेघारी बहुमुखी क्याम्पसले यो शानदार जितसँगै ‘जय नेपाल कप’ को उपाधि जितेको हो। प्रतियोगितामा विजयी टिमले नगद एक लाख र ट्रफी हात पारेको छ भने उपविजेता टिमले नगद ५० हजार र ट्रफी जितेका छन्। प्रतियोगिताको विजेता टिमलाई नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट मध्य रौतहट बहुमुखी क्याम्पसका नितेश यादव घोषित भए भने उत्कृष्ट ब्याट्सम्यानको उपाधि गरुडाकै शैलेन्द्र कुशवाहाले हात पार्दा सिन्धुरेघारी बहुमुखी क्याम्पसका मोहन घिमिरेले उत्कृष्ट बलरको उपाधि जितेका छन् ।

Enter

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles