सशस्त्र प्रहरीद्धारा “विपद् स्वयंसेवक आधारभूत तालिम” संचालन

गौर- रौतहटमा शस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटरले विपदको जोखिम कम गर्ने उद्देश्यका साथ “विपद् स्वयंसेवक आधारभूत तालिम”संचालन गरेको छ ।
विपद् व्यवस्थापनमा स्थानीय समूदायको भूमिकालाई मनन् गरी समूदाय स्तरमा विपद् स्वयंसेवक तयार गर्न सशस्त्र प्रहरी बल, नेपालले स्थानीय पालिकाहरुसँग समन्वय गरी विपद् स्वयंसेवक तालिम संचालन गर्ने अभियान अन्तर्गत रौतहटमा सुरुवात गरिएको सशस्त्र प्रहरी बल, नेपाल ११ नम्बर गणका प्रमुख गणपति प्रहरी उपरिक्षक संतोष बस्नेतले जानकारी दिए ।
गढिमाई नगरपालिका, माधवनारायण नगरपालिका, राजदेवी नगरपालिका र कटहरिया नगरपालिकासँग समन्वय गरी ती पालिकाहरुका ३७ जना स्थानीय व्यक्तिहरुलाई मंगलबारबाट १८ दिने तालिमको सुरुवात गरिएको हो ।
गणपति बस्नेतले सो तालिमको प्रथम प्रवचन गरी तालिमको शुरुवात गर्दै कुनै पनि विपद् घटनाहरुमा सबै भन्दा पहिला स्थानीय समूदायले नै तत्काल काम गर्नुपर्ने भएकोले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले समूदाय स्तरमा यस्तो तालिम दिन लागेको बताए ।
भविष्यमा बढी भन्दा बढी व्यक्तिलाई यस्तो तालिम दिई विपद् स्वयंसेवक उत्पादन गर्ने संगठनको लक्ष्य गणपति बस्नेतले बताए ।
सशस्त्र प्रहरी बल, नेपालले अभियानकै रुपमा संचालन गर्न लागेको तालिममा सहभागीहरुलाई विभिन्न प्रकारका विपद्हरु, प्रथमिक उपचार, खोज तथा उद्धार, विपद् व्यवस्थापनमा प्रयोग हुने साधनहरु एवं विभिन्न विपदको बेलामा गर्नुपर्ने कार्यहरु सम्बन्धी १८ दिन सम्म विभिन्न सैद्धान्तिक एवं व्यवहारिक ज्ञान दिने कुरा सिकाईने गणपति बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles