रौतहट,१९ जेष्ठ । सशस्त्र प्रहरी बल मधेश प्रदेशले विपदबाट लड्न जनशक्ति तयार पार्ने कार्यलाई तिब्रता दिएको छ ।
विपदको जोखिम कम गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले सुरुवातमा मदेश प्रदेशका ५ जिल्लामा विपद् स्वयंसेवकलाई आधारभूत तालिम दिंदै आएको हो । विपद् व्यवस्थापनमा स्थानीय समूदायको भूमिकालाई मनन् गरी समूदाय स्तरमा विपद् स्वयंसेवक तयार गर्न सशस्त्र प्रहरी बल, नेपालले स्थानीय पालिकाहरुसँग समन्वय गरी विपद् स्वयंसेवक उत्पादन गर्ने अभियान चलाईएको शसस्त्र प्रहरी मदेश प्रदेशका प्रमुख कृष्ण ढकालले बताए ।
त्यसका लागि पहिलो चरणमा मधेस प्रदेशका ५ जिल्लामा गरि १३९ जनालाई २१ दिने तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरीका (प्रहरी नायब महानिरीक्षक( डिआइजी) कृष्ण ढकालले जानकारी दिए।उनका अनुसार,आइतबारदेखि रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाहीमा २५ जना, धनुषामा २५ जना र सप्तरीमा २५ जनालाई २१ दिने तालिम सञ्चालन गरिएको हो।प्रदेशका बाँकी ३ जिल्ला बारा, पर्सा र सिरहामा पनि २५–२५ जनाका लागि छिट्टै उक्त तालिम सञ्चालन गरिने ढकालले बताए ।
पहिलो चरणमा मधेस प्रदेशका ५ जिल्लामा गरि १३९ जनालाई २१ दिने तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरीका (प्रहरी नायब महानिरीक्षक),डिआइजी कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाहीमा २५ जना, धनुषामा २५ जना र सप्तरीमा २५ जनालाई तालिम दिइएको र प्रदेशका बाँकी ३ जिल्ला बारा, पर्सा र सिरहामा पनि २५–२५ जनाका लागि छिट्टै उक्त तालिम सञ्चालन गरिने ढकालले बताए । तालिम प्राप्त ती विपद उद्दार स्वंयसेवकहरुलाई प्राकृतिक विपदका बेला उद्धारमा सशस्त्र प्रहरीसंगै खटाइने उनले बताए ।

मधेस प्रदेश मनसुनजन्य तथा आगलागी जस्ता प्राकृतकि तथा मानवजन्य प्रकोपका हिसावले अतिनै जोखिमयुक्त भएकाले त्यसैलाई मध्यनजर गर्दै विपदका समयमा कम भन्दा कम धनजनको क्षती होस् भन्ने उद्धेश्यका साथ विपदसंग समुदायलाईनै लड्न सक्ने जनशक्ती निमार्ण गर्न हरेक जिल्लामा २१ दिने तालिम सञ्चालन गरिएको ढकालले बताए ।