चन्द्रपुर,२९ जेष्ठ । पुर्व-पश्चिम राजमार्ग अन्तर्गतको चन्द्रपुर १ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।बिहिबार बिहानै भएको दुर्घटनामा परेर मंगलपुर १ का ३५ बर्षिय बुद्ध लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिए ।
‘बिहानै पख अपरिचित गाडीले ठक्कर दिएका कारण लिम्बुको मृत्यु भएको हो,हालसम्म गाडीको नाम र नम्बर पत्ता नलागेका कारण प्रहरीले गाडी पत्ता लगाउने काम गरिरहेको छ,’अधिकारीले भने । गाडी खुलाउन प्रयास भईरहेको उनले बताए ।
स्थानीयले मृतकको शव उठाउन नमान्दा अहिले पुर्व-पश्चिम राजमार्गमा गाडी रोकिएका छ्न ।


