श्रीमतीको हत्या गरेर फरार रहेका मन्सुरी ३ बर्षपछी पक्राउ

गौर मरौतहट प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका एक युवकलाई ३ बर्ष पछी पक्राउ गरेको छ ।

जिल्लाको  ईशनाथ नगरपालिका–७ बाट प्रहरीले श्रीमतीको हत्या गरी फरार रहँदै आएका  सोही पालिकाको घिउरा गाउँका  फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विसं. २०७८ माघ २६ गते मन्सुरीले २० वर्षीय श्रीमति चॉदनी खातुनको घाटीमा पासो लगाएर हत्या गरी फरार रहँदै आएका श्रीमान मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता,प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिए  ।

मन्सुरीले श्रीमतीको हत्या गरी उनको शव ईशनाथ नगरपालिका–४ मठियास्थित भगाई साह बनियाँको गहुँ खेतमा फालेको अवस्थामा फेला परेको थियो भने हत्यारा फरार रहेका थिए ।  घटनाबारे अनुन्धान गर्दा श्रीमान मन्सुरीलेनै हत्या गरेको खुलेपछी उनको खोजीकार्य तिब्र बनाएर गत शुक्रबार पक्राउ गरेर आवस्यक कार्वाही जारी राखेको  प्रहरी नायब उपरीक्षक रायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles