चन्द्रपुर । रौतहटमा खानेपानीमा समेत उपभोक्तामाथी ठगी भएको छ ।धाराको पानी सिधै जार र बोतलमा भरेर जिल्लाको चन्द्रनिगाहपुर देखि अन्य बजारमा बिक्री बितरण भईरहेको जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोलीले शुक्रबार चन्द्रपुर बजार क्षेत्रमा गरेको अनुगमनका क्रममा फेला परेको हो ।
अनुगमनका क्रममा नाम र दर्ता बिनानै म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग गरेर चन्द्रपुर नगरपालिका–५ का रजनेस गुप्ताले सञ्चालन गर्दै आएको एक पानी उद्योग बिना दर्ता सञ्चालन गर्दै ठग्ने कार्य भएको सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले बताए ।
दर्ता बिनाको उक्त उद्योगले धाराको पानी मोटरबाट निकालेर जारमा भरेर बजारमा बिक्री गर्दै आईरहेको प्रशासनले जानकारी दियो ।
उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेका अनुसार पानी उद्योगले कुनै परीक्षण उपकरण र स्वीकृत विधिबिना धाराको पानीनै बेच्दै उपभोक्तालाई ठग्दै आएको पाइकाले कलको पानीलाई सिलबन्दी गरेर बजारमा पठाउनु उपभोक्ताको स्वास्थ्यसँग खेलवाड भएकाले कारवाही हुनुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालयले उद्योगका सञ्चालक गुप्तालाई आइतबार कागजातसहित उपस्थित हुन आदेश दिएको ।
प्रशासकीय अधिकृत मनिष झाले जानकारी दिए ।
तोकिएको समयमा कार्यालयमा उपस्थित नभएमा उद्योगलाई सिलबन्दी गरी कानुनी कारबाही र कडा जरिवाना गरिने झाले बताए ।
गुणस्तरहीन पानीको उपयोगले झाडापखाला, टाइफाइड, जण्डिस, आउँ आदि पानीजन्य रोग र यसको मिनरल काउन्ट बढेको अवस्थामा कलेजो, मृगौलालगायत शरीरमा दीर्घकालीन नकारात्मक असर समेत देखिने डाक्टर सुवास चौधरीले बताए ।


