चन्द्रपुर। नेपाल प्रेस युनियनले केन्द्रीय सदस्यमा रौतहटका बरिष्ठ पत्रकार शिव पुरी सहित ६ जना मनोनित भएका छन।
नेपाल प्रेस युनियनको विधान २०४८ (छैंठो संसोधान २०७९) को धारा (२१) (झ) बमोजिम पुरी सहित ६ जनालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् ।
नेपाल प्रेस युनियनको विधानको सिमा भित्र रहेर युनियनको मूल्य, मान्यता, आदर्श र प्रेस स्वतन्त्रता तथा पत्रकारिता क्षेत्रको विकासका लागि मनोनित भएका केन्द्रीय सदस्यहरुले राम्रो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा मनोनित भएका केन्द्रीय सदस्यहरुमा शिवपुरी (रौतहट), पोषनाथ अधिकारी (धादिङ) , विनोदकुमार मल्ल (मुगु), रविन्द्र सिंह (बारा), जितबहादुर भण्डारी (पाँचथर) र दिनेश बस्नेत (कञ्चनपुर) रहेका छन्।


