लागुऔषध सहित गौरबाट २ युवा पक्राउ

गौर। रौतहटबाट ठुलो परिणाममा लागुऔषध सहित २ जना पक्राउ परेका छन।  गौर नगरपालिका वडा नं. १ स्थितमा रहेको शुभम होटल अगाडी भारतीय नम्बरको बिआर ०५ यु ५८६० नम्बरको ग्लायमर मोटरसाइकलमा सवार  राजदेवी नगरपालिका  ८ लक्ष्मिपुर टोल बस्ने बिश्वनाथ पंडीतको छोरा वर्ष २३ को नितेश कुमार पंडित र सोही स्थानका  शिव राय यादवको छोरा वर्ष ३२ को पिन्टु कुमारलाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो।  
उनीहरुको साथबाट कालो  रङको प्लाष्टिक झोलामा राखिएको नाइट्रोभेट १० ट्याबलेट १८ सय, नेटज़केयर १० ट्याब्लेट १२  सय, डाइजिपाम ३ सय एम्पुल,फेनेर्गन ३ सय एम्पुल , बुप्रेनोर्फिन इन्जेक्सन १ थान र २ थान मोबाईल फोन र एक थान मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता,प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई  लागू औषध सम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालत गौरबाट म्याद अनुमति लिई अनुसन्धान अघी बढाईएको प्रबक्ता रायले जानकारी दिए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles