चन्द्रपुर । डिभिजन वन कार्यालय रौतहटका डिभिजन प्रमुख हेमन्त साह सम्मानित भएका छ्न । वन संरक्षण, चोरी तस्करी नियन्त्रण तथा जैविक विविधता संरक्षणमा पुयाएको विशिष्ट योगदानका लागि प्रमुख साहलाई सम्मानीत भएका हुन ।
नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोविन्द प्रसाद चौलागाईको जन्मदिनको अवसरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने नारासहित आयोजित विशेष वृक्षारोपण कार्यक्रमका क्रममा साहलाई दोसाला र सम्मान पत्रसहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले डिभिजन प्रमुख साहलाई सम्मान प्रदान गरेका थिए ।
साहले करिब एघार महिनादेखि रौतहटमा डिभिजन वन अधिकृतको रूपमा कार्यरत रहँदै विभिन्न चुनौतीबीच उल्लेखनीय कार्य सम्पादन गरेका छन् । रौतहटमा वन अतिक्रमण नियन्त्रण, जंगलको फडानी रोकथाम, अवैध काठ तस्करी नियन्त्रण, जैविक विविधता संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्नका लागि साहले नेतृत्वदायी भूमिका निर्वाह गरेका हुन् । उनको पहलमा अतिक्रमित वन क्षेत्रको संरक्षण गरी वृक्षारोपण गरिएको छ ।


