‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने

वीरगन्ज,१७ साउन : स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

शनिबार बसेको प्रतीक प्रकाशन समुहको बैठकले यसवर्षको स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ अन्नपूर्णपोष्ट पत्रिकाका पर्सा जिल्ला संवाददाता तथा मधेस खबर अनलाइन पत्रिकाका अध्यक्ष शाहलाई दिने निर्णय गरेको हो ।यस्तै बैठकले उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददताका रुपमा प्रतीक दैनिक र मधेस खबरका संवाददाता प्रमोद यादवलाई सम्मानित गर्ने निर्णयपनि गरेको छ ।

आगामी भदौं १ गते प्रतीक दैनिकको वार्षिक उत्सवका दिन पत्रकार शाह, खनाल र यादवलाई पुरस्कृत गरिने प्रतीक प्रकाशन समुहले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles