पिकअपको ठक्करबाट पूर्व असईको मृत्यु

रौतहट , १८ साउन। रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा आइतबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ।
विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २ ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको को २ त ३२६३ नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो।


दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशिल कुमार क्षेत्री र पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा चोट लागेको थियो ।
घाइते दम्पतीलाई उपचारका लागि तत्काल बिरगंज स्थित नेशनल मेडिकल पठाईएको भएपनि अस्पतालका डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख,प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए।


अर्की घाईते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल प्रहरी चौकी दुधिअवाबाट करिब १ किलोमिटर पूर्वमा पर्छ। ठक्कर दिने गाडी र चालक फरार छन भने गाडीको पुर्ण विवरण खुल्न बाँकी रहेको र खोजतलास कार्य जारी रहेको प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles