रौतहट ,२२ साउन । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको अध्यक्ष पदको निर्बाचनमा उदयनारायण सापकोटा(सुरेन) बिजयी भएका छन । बुधबार राती सम्पन्न मतगणना अनुसार ४ दलिय गठबन्धनका उम्मेदवारलाई २ सय ३३ मतले पराजीत गर्दै सापकोटा ५ सय २ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन । उनका निकटतम प्रतीद्वन्दी सुनिल कुमार साहले २ सय ६९ मत प्राप्त गरे भने ३१ मत बदर भएको थियो ।
कुम १ हजार ९७ मतदाता रहेको संघमा ८ सय २ मत खसेको निर्वाचन समिति संयोजक दिलिप कोईरालाले जानकारी दिए ।
अन्य सदस्य पदका उम्मेदबार निर्बिरोध निर्बाचित भएका थिए । नव निर्वाचित अध्यक्ष सापकोटाले निर्वाचनपछि दिएको प्रतिक्रियामा सबै व्यापारीको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै संघलाई अझ सबल, गतिशील र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । अध्यक्षमा निर्वाचित सापकोटा संघको निवर्तमान अध्यक्ष र रास्वपाका चन्द्रपुर नगर संयोजक समेत हुन ।


