गोठमा मरे ४ गाई , खरेल परिवार तनाबमा

चंद्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ फुलबारीका किसानले पालेको ४ थान माउ गाई मरेका छन्।  स्थानिय किसान यादव खरेलको गोठमा रहेका ४ वटा माउ गाई गएराती एकैसाथ मरेका छन् । खरेलका अनुसार कसैले गाईले खाने कुँडोमा हिजो दिउँसो वा राती विष हालिदिएको र सो कुँडो खाइसकेपछि आज बिहान गाईहरु मृत अवस्थामा पाइएको बताए।  
सो गोठमा रहेका अन्य ३ साना गाईका बच्चाहरू पनि बिरामी अवस्थामा रहेको खरेलले बताए ।
दुखका साथ् ऋण-धन गरेर पालेको गाईको गोठनै  सखाप भएपछी अहिले खरेल परिवार तनावमा छन्।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles