रौतहटमा ५ बजेबाट हट्यो निषेधाज्ञा र कर्फ्यु

गौर । रौतहटमा जारी निषेधाज्ञा तथा कर्फ्यू साझ ५ बजेदेखी हट्ने !भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार  पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा क्रमबद्ध रुपमा जनजीवन सामान्य बन्दै गएकोले जिल्ला सुरक्षा समिति रौतहटको आजको निर्णयानुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ख बमोजिम निम्न बमोजिम निषेधाज्ञा र कर्फ्यु हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले जानकारी दिए । 

प्रशासनले गौरको केही भागमा भने निषेधाज्ञा र कर्फ्यु जारी रहने भन्दै पुर्वमा नेपाल लज,उत्तरमा कृषि ज्ञान केन्द्र,पश्चिममा गौर घण्टाघर र दक्षिणमा श्री जुद्ध उच्च मा.वि. गौरलाई सिमाना तोक्दै सो स्थानहरुमा निषेधाज्ञा र कर्फ्यु यथावत राखेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles