रौतहट , २८ भाद्र। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता २ जनाको शव फेला परेको छ। लालबकैया नदीमा नुहाउने क्रममा बिहीबार र शनिबार बेपत्ता भएका दुवै जनाको शव भारतीय क्षेत्रमा फेला परेको हो ।
गत बिहीबार ईशनाथ नगरपालिका–१ का १५ वर्षीय बिगन साह साथीहरूसँग लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए भने शनिबार बिहान आमासंगै जितिया पर्वको स्नान गर्न गएकी गौर नगरपालिका–६ की १० वर्षीया करिश्मा साह पनि नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लालबकैया नदीबाट दक्षिण भारतीय क्षेत्रमा दुवैको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए । नदीमा बेपत्ता भएकी बालिकाको खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय गोताखोर परिचालित भएका थिए।


