गौर,२७ असोज । पानीमा डुबेर रौतहटको गौर नगरपालिकामा ३ बालिकाको मृत्यु भएको छ । सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।
सात जना बालिकाहरु गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जना बालिकाको शव निकालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।
मृतक तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।


