फरार अभियुक्त लागुऔषध ब्राउन सुगर सहित पक्राउ 

चन्द्रपुर ,१४ मंसिर ।ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ब्राउन सुगर सहित बैन्किङ कसुरमा फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।सनिवार  साझ चन्द्रपुर ४ गौर रोड नजिक आफ्नै घर नजिकबाट सोही स्थान बस्ने  बिन्देश्वर साह कलुवारको ३२ बर्षको छोराभोला साह कलुवारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकि प्रमुख रुपा लाबुङले जानकारी दिईन।

बैकिङ कशुरको अपराधमा फरार प्रतिबादी रहेका कलुवारलाई  ईलाका प्रहरी कार्यालय चनद्रनिगाहपुरको टोलिले  नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा  उनले लगाएको पाईन्टको गोजीबाट लागू औषध ब्राउन सुगर १९० मिलिग्राम  सहित नियन्त्रणमा लिईएको लाबुङले जानकारी दिईन । प्रहरीले थप अनुसन्धानबाट चपुर वडा ६ बस्ने बर्ष २८ को राजेश राई समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles