“माघी”महोत्सब गुजराको दयालपुरमा हुने

रौतहट,३० पुष । 

माघ १ गते माघे संक्रान्ती नजिकिएसङै थारु समुदाय ।”माघी”को तयारीमा जुटेका छन ।   “माघी” थारू समुदायको प्रमुख राष्ट्रिय चाड हो। आदिवासी जनजातिअन्तर्गत पर्ने यो समुदायमा माघीलाई नयाँ वर्षका रूपमा भब्य तयारी गरेर मनाउने गर्दछ्न । 

माघे संक्रान्ति (माघी) पर्व यो बर्ष  रौतहटको गुजरा नगरपालिका वडा नं. ९, दयालपुरमा भव्य “माघी महोत्सव २०८२” आयोजना गरेर मनाउने तयारी गरिएको गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरीले बताए । 

थारु कल्याणकारी सभा लगायत विभिन्न थारु संघ-संगठनहरूको संयुक्त आयोजनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघीलाई विशेष उत्सवका रूपमा मनाउन लागिएको प्रमुख चौधरीले बताए । 

गुजरा नगरपालिका वडा ९ का वडाध्यक्ष प्रेम चौधरीका अनुसार महोत्सव आगामी माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ । थारु कल्याणकारी सभा जिल्ला कार्य समितिको दयालपुरस्थित नवनिर्मित भवनको प्राङ्गणमा कार्यक्रमको तयारी भइरहेको अध्यक्ष चौधरीले बताए । 

अध्यक्ष चौधरीका अनुसार  महोत्सवमा विशेष गरी ख्यातिप्राप्त थारु कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने छ । 

पछिल्लो समय थारु समुदायका युवा पुस्ता आधुनिक पश्चिमा संस्कृतितर्फ आकर्षित हुँदै गएपछि आफ्नो मौलिक संस्कृति ओझेलमा पर्न थालेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

युवाहरूले आफ्नो परम्परा र संस्कृति नबिर्सुन् भन्ने मुख्य उद्देश्यका साथ यस वर्ष सांस्कृतिक कार्यक्रम र प्रदर्शनीलाई विशेष प्राथमिकता दिईएको छ । 

थारु जातिको ऐतिहासिक एवं मौलिक पहिचानको प्रदर्शनी रहने कार्यक्रममा थारु समुदायले दैनिक कार्यमा प्रयोग गर्ने परम्परागत सामग्रीहरू, प्राचीन पहिरन तथा ऐतिहासिक नाचहरूको प्रदर्शन गरिनेछ भने थारु समुदायका मौलिक परिकारहरू जस्तैः घोंगी, माछाको सिध्रा, माछाको सुकुटी, मासु र भुजाको लड्डु (लाई) का स्टलहरू समेत राखिने वडाध्य्क्ष चौधरीले बताए । 

नयाँ बर्षको रुपमा मनाईने यो पर्वको दिन सगोल परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई आगामी वर्षको योजना बुन्ने, सगोलमा बस्ने वा छुट्टिने भन्ने जस्ता पारिवारिक निर्णयहरू लिने परम्परा समेत  रहेको छ ।

रौतहटकमा चन्द्रपुर नगरपालिका र गुजरा नगरपालिकाका क्षेत्रहरू थारु बहुल्यता छ । यी क्षेत्रका स्थानीयहरू माघी महोत्सवलाई लिएर निकै उत्साहित देखिएका छन् ।

महोत्सवले थारु समुदायको कला, संस्कृति र खानपानको प्रवद्र्धन गर्नुका साथै जातीय एकतालाई अझ मजबुत बनाउने विश्वास लिएको थारु नेता प्रमोद चौधरीले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles