बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,अन्य पार्टी त्यागी को-को गरे काङ्ग्रेसमा प्रबेश ?

रौतहट  । रौतहट क्षेत्र नम्बर ४ मा काङ्रेस उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । मङलवार चन्द्रपुर ३ गैंडाटारमा तिमल्सिनालाई समर्थन गर्दै विभिन्न पार्टी नेता,कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउदै पार्टी प्रबेश गरेर नेपाली काङ्ग्रेस र उम्मेदवार तिमल्सिनाको जनलहरलाई समर्थन गरेका हुन । 

एमालेका शुरेस कुमार राई,मुना अधिकारी,लक्ष्मी आचार्य सहित  नेकपाका लोकेन्द्र राई, तुल्सीराई,आईते राई, सुश्मिता आचार्यले काङ्रेस उम्मेदवार तिमाल्सिनालाई समर्थन जनाउदै काङ्रेस प्रबेश गरेका हुन । उनिहरुले उम्मेदवार तिमल्सिनालाई समर्थन गर्दै काङ्रेस रोजेको र चुनाबी अभियानमा लागेको बताएका छ्न । 

सस्तो लोकप्रियता कमाउन नया दलहरुले अनेक हत्कण्डा प्रयोग गरेपनी जनमत काङ्रेसकै रहेको युवा नेता सुमन गौतमले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles