रौतहट, ०८ पौष । मधेशको सरकार, मधेशी महिला नै बेरोजगार, महिला हिंसा रोक्नको लागि प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएका छ । सरकारको अभियानमा महिला अधिकारको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुले पनि साथ दिएका छन् । समाजमा हुने महिला हिंसा रोक्नको लागि सञ्चालन गरिएका अभियानले अपेक्षाकृत रुपमा परिणाम भने दिन सकेको छैन् ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको पर्सा जिल्ला देखि प्रदेश २ को सबै जिल्लामा सरकारी, गैरसरकारी तथा सरोकारवाला निकायहरुले महिला हिसांलाई न्यूनिकरण गर्ने अभियानका साथ विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छन् । मधेशको गाउँमा रहेको मधेशी महिला माथि भईरहेको महिला हिंसा, घटनुको साटो दिनप्रति दिन झन बढ्दै गएको छ । अभियानलाई प्रभावकारी बनाउन र महिला हिंसा न्युनिकरण गर्नको लागि समाजले खेल्नु पर्ने भूमिका लगायतको विषयमा सामाजिक अभियन्ता राजपा नेपालका केन्द्र सदस्य तथा अन्तर पार्टी महिला संजालका सदस्य महिला नेतृ मुनि श्रीवास्तवसँग मधेश प्रदेश अनलाईनको लागि अभिमनु कुमार पटेलले गरेको कुराकानीः–
मधेशमा मधेशीको सरकार भए पनि हत्याहिंसा बन्द हुन सक्ने किन ?
सरकार त बनेको छ तर पूर्ण अधिकार सम्पन्न सरकार बन नसकेको कारण मधेशमा हत्याहिंसा, बलात्कार जस्ता अप्रिय घटना रोकन प्रदेश नं २ का सरकार सकिरहेको छैनन् ।
पार्टीहरु भित्र महिलालाई प्रयोग मात्र गरिन्छ अधिकार दिदैन् किन ?
देशमा रहेका सबै पार्टी भित्र महिलाहरुबाट फैदा उठाउने जब महिलाको हकअधिकारको कुरा हुदा पार्टी नै महिला माथि ठूलो अधिकारको हिंसा गर्दै आएको प्रष्ट देखिन्छ ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान किन ?
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान तीन जना डोमिनिकन नागरिक पेट्रिया, मिनर्भा र मारिया विवाहिता दिदीबहिनीहरुले सन् १९५० को दशकमा तानाशाही त्रुजिलो शासकका विरुद्ध लडेको इतिहास छ । अभियन्ता तीन जना अधिकारकर्मीहरुले तानाशाही शासन विरुद्ध वकालत सुरु गरेपछि १९६० नोभेम्बर २५ का दिन निर्ममतापूर्वक हत्या गरियो ।
दिदीबहिनीहरुको सम्झना र सम्मान स्वरुप संयुक्त राष्ट्र संघले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको हो । नेपालमा २००४ देखि यो अभियान मनाउन थालिएको हो । यो अभियानको उदेश्य भनेको महिला हिंसा बिरुद्ध आवाज उठाउनु र हिंसाबाट प्रभावितलाई न्यायमा पहँुच दिलाउनु नै हो ।
महिला हिंसा रोक्नको लागि कसले के भूमिका निर्वाह गर्नुपर्छ ?
–महिला हिंसा रोक्नको लागि हरेक नागरिकको भुमिका अपरिहार्य छ । हिंसा रोक्नको लागि भनेर निश्चित यसको मात्र भूमिका हुन्छ भनेर तोक्नु नै गलत हो । तर ब्यक्ति र उसले लिएको जिम्मेवारीले गर्दा निर्वाह गर्ने भूमिका भने फरक हुन सक्छ । नीति निर्माताले महिलामैत्री कानुन बनाउनु पर्छ । कार्यन्वयन गर्ने भूमिकामा रहेका व्यक्तिले कार्यन्वयन गर्नु प¥यो । हिंसा भएको थाहा पाएमा हरेक नागरिकहरुले खबरदारी गर्नुपर्छ । झन्झटिलो कानुनी व्यबस्थालाई सहज बनाउदै पीडितहरुले छिटो न्याय पाउने व्यवस्था गर्नुपर्छ । पीडकलाई कानुन अनुसार कारवाही भए आगामी दिनमा हुन सक्ने महिला हिंसा रोकिन्छ ।
मधेशको सरकार, मधेशी महिला नै बेरोजगार किन ?
मधेशको सरकार हुदा पनि हाल सम्म मधेशी महिलालाई कुनै किसिमको त्यस्तो बेरोजगार महिलाहरुका लागि रोजगारी सृजना गर्न सकेको छैन । शिक्षा राम्रोसँग हासिल गरेकी महिलाहरु अहिले घरमा खाना पकाउने बाहेक अरु केही व्यवसाय गर्न नसकेको कारण आफु परिवारको धेरै ठूलो भार भएको जस्तो महशुस गर्छछिन । तयसैले प्रदेश सरकारले छिटो भन्दा छिटो बेरोजगार मधेशी महिलाहरुको लागि केही रोजगारी लागु गर्नुपर्ने अति आवश्यक रहेको बताईनन् ।
अभियानमा पनि सञ्चालन भइरहने, समाजमा बारम्बार पुनः महिला हिंसा हुने गरेको छ यसलाई कुन रुपमा बुझने ?
हाम्रो समाज नै पुरुष प्रदान समाज छ । यहाँ छोरी र छोराको भूमिका समाजले तोकिदिएको छ । त्यहीँ भूमिकाले गर्दा महिलाहरु कमजोर र पुरुष शक्तिशाली छन भन्ने मानसिकताले गर्दा नै महिलाहरु हिंसाबाट प्रभावित छन । अझै पनि महिलाहरुले श्रम धेरै गर्ने र आर्थिक आम्दानी कम हुने परम्परा कायमै छ । जबसम्म महिलाहरु आर्थिक रुपमा सबल र सक्षम हुदैनन्, तबसम्म हिंसाबाट प्रभावित भैइरहने छन । अर्काे कुरा महिलाहरुलाई आफू हिंसामा परेको कुरा नै थाहा हुदैन । आफू भन्दा पहिलोका पुस्ताले नि त्यहीँ भोगेको हो र मैले नि त्यहीँ भोग्नुलाई कर्मको फल ठानेर पनि हिंसा बिरुद्ध बोल्ने आँट गर्दैनन ।
महिलाहरुले हिंसाको बिरुद्ध आवाज उठाए पनि उनीहरु नै दोषी ठान्ने परिपाटी अझै पनि समाजमा कायमै छ । अर्को कुरा आँट गरेर न्यायको लागि सरोकारवाला निकायमा जाँदा पनि सहज रुपमा न्याय पाउन नसकेका कारण पनि महिलाहरु हिंसा सहेर बस्न बाँध्य छन् ।
बेटी पढाउ, बेटी बचाउ अभियानले वास्तविक समाजमा परिवर्तन ल्याउन सक्छ ?
प्रदेश सरकारले ल्याएको यो अभियान धेरै नै सराहनीय हो तर यस अभियान प्रति सरकार ईमान्दार छैन जस्तो देखिन्छ किन कि प्रदेश नं २ मा सरकारले अभियान संचालन गर्न शिक्षित मधेशी महिला पाएन उच्च स्तरीय शिक्षा हासिल गरेर बेरोजगार घरमा बसेकी महिलाहरुलाई यस महा अभियानमा नियुक्त नगरी जसले हाम्रो समाजको बारेमा राम्रो बुझेको छैन त्यस्ताको व्यक्तिलाई किन प्रमुख बनाएका हुन । ८ ओटा जिल्लामा कम्तीमा ६० मधेशी महिला त यो अभियानमा काम पाउनुको साथै केही आफनो समाजमा सुधार ल्याउनमा आफनो भुमिका निर्वाह गर्न त सक्थ्यो ।
महिला हिंसा हुनुमा को बढी जिम्मेवार छ ? समाज कि मानसिकता ?
महिला हिंसा हुनुमा हामी सबै जिम्मेवार छौँ जस्तो लाग्छ । किन भने हामीले दैनिक रुपमा गरेको ब्यवहारले नै महिलाहरु हिंसामा परेका छन । हिंसा भन्ने बित्तिकै कुटपिट र शरीरमा देखिने किसिमको चोट मात्र हुदैन । मानसिक रुपमा हुने हिंसा झन घातक हुन्छ । स्कुलमा, कलेज, कार्यलय वा सार्वजनिक ठाउँमा महिला देख्ने बित्तिकै गरिने ब्यवहार र बोलिने शब्दबाट धेरै जना महिलाहरु मानसिक हिंसामा परेका हुन्छन । त्यो हिंसालाई समाजले हिंसाको रुपमा नै लिदैन । समाजले महिला र पुरुषलाई तोकिदिएको भूमिकाले गर्दा नै महिलाहरु हिंसाबाट प्रभावित हुनु परेको छ । समाजको मानसिकतामा नै परिवर्तन जरुरी छ ।
आफनै प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानको किन बिरोध ?
नामको लागि मात्र मधेशी सरकार हो । मधेशी महिलाहरु बाट यो सरकारले मात्र लाभ उठाउन बाहेक अरु एउटा पनि महिलाको हितमा राम्रो निर्णय लिन सकेको छैन । आफनो अधिकारको लडाइमा आन्दोन गर्ने मधेशी महिला, प्रहरीको लठीबाट कुटाई खाने हामी मधेशी महिला बेटी पढाउ, बेटी बचाउ अभियानको ब्राण्ड एमबेस्टर रेखा थापालाई किन मधेशी महिला शिक्षित छैन यसको अर्थ मुख्यमन्त्रीको नजरमा यसैले हामीलाई आफनै सरकारको बिरोधमा आन्दोन गनु पर्यो।
अभियानहरु सँधै हुन्छन, तर पछिल्लो समयमा जिल्लामा महिला हिसां सँगै अपराधका घटनाहरु घट्नुको साटो बढीरहेका छन किन ?
महिला हिंसा बढेको भन्दा पनि बढी खुलेर मिडियामा आएको जस्तो लाग्छ । पहिलाको तुलनामा अहिले महिलाहरु आफ्नो अधिकारको बारेमा आवाज उठाउन थालेका छन । हाम्रा आमाहरुको पालामा पुरुषबाट शारीरिक तथा मानसिक यातना पाउनुलाई सामाजिक मुद्धाको रुपमा लिने नै गर्दैन थिए । तर आजका महिलाहरु हिंसाबाट प्रभावित हुनु भनेको व्यक्तिको मात्र होइन सिंगो समाजको मुद्धा ठानेर कानुनी लडाइ लड्न र मिडियामा आउन हिचकिचाउदैनन् । विभिन्न अभियानहरुले त हिंसा प्रभावित महिलाहरुलाई कानुनी लडाइँ लड्नको लागि प्रोत्साहन गरेको छ । त्यसैको नतिजा स्वरुप महिलाहरु खुलेर हिंसाको बिरुद्ध बोल्न थालेका मात्र हुन ।
प्रहरीको तथ्याङ हेर्दा प्रदेशमा आत्महत्या गर्ने महिलाहरुको संख्या डरलाग्दो छ यसको लागि कसरी न्युनिकरण गर्ने ?
महिलाहरुले भोग्नु परेको शारीरिक तथा मानसिक हिंसाको अन्तिम रुप नै आत्मा हत्या हो । तथ्याङकले के देखाउछ भने आत्माहत्या गर्नेमा महिलाहरुको संख्या बढी छ । यस बाट पनि पुष्टि हुन्छ महिलाहरु हिंसाबाट धेरै प्रभावित छन । दैनिक रुपमा भोग्नु परेको यातनालाई खप्न नसक्दा आत्मा हत्याको बाटो रोज्न पुग्दछन ।
यसलाई न्युनिकरण गर्नको लागि पहिला त महिलाहरुलाई पनि आर्थिक आम्दानी हुने काम गर्नको लागि प्रोत्साहन र उचित बातावरणको सिर्जना गर्नु पर्दछ । अर्काे कुरा बिद्यालयस्तरको पाठ्य सामाग्रीमै लैंगिक हिंसाको बारेमा पाठ समाबेश हुनु आबश्यक छ । महिलाहरुमैत्री कानुन निमार्ण र कार्यन्वयन हुनु पर्दछ । हिंसा गर्नेलाई कडा कानुनी सजाय दिनु पर्दछ र हिंसा प्रभावितलाई सहज न्याय दिलाउन सके केही मात्रामा भए पनि हिंसा न्युनिकरण गर्न सकिन्छ ।