शिक्षा क्षेत्रमा आधुनिक प्राविधिक तरिकाले गुणस्तर शिक्षा प्रदान – मेयर धर्मेन्द्र पटेल
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले पान्समा दिप प्रज्जवल गरी रौतहट पब्लिक स्कुललाई आज देखि संचालनमा ल्याउनको निम्ति उद्घाटन गर्नुभएका छन ।
प्रमुख आतिथ्यमा भएको छ । सो उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर पटेलले बिधार्थीहरूको लागि नगर भित्र नै राम्रो शिक्षा प्रदान गर्न अथवा सो स्कुलले सुरुको अवधि देखि नै गुणस्तरिय शिक्षा दिनमा सफल हुने छ ।
शिक्षा क्षेत्रको पहिलो काम भनेको विद्यालयमा अनुसाशित योग्य शिक्षक जसले बालबालिकालाई विद्यालयमा शिक्षा हासिलका साथसाथै उच्च मनोबल बढाउन राम्रो भुमिका निर्वाह गर्न सक्छ । यस कार्यका लागि शिक्षक, विद्यालय, स्थानीय तह, राजनीतिक दल, सचेत नागरिक समाज सक्रिय भएर योजनाबद्ध तरिकाले लाग्ने हो भने सहजै सफल हुन सकिन्छ मेयर पटेलले बताए ।
अब सबै बालबालिका विद्यालयमा भर्ना गरौँ भनेर मात्र हुँदैन । विद्यालय उमेरका कुन–कुन बालबालिका विद्यालयमा आए र कुन कुन विद्यालय आउन सकेनन, विद्यालय नआएका के कारणले आएनन् ? के गर्दा ल्याउन सकिन्छ भन्ने वास्तविक तथ्य संकलन गरिनुपर्छ । त्यस्ता विद्यालय नआएका बालबालिका तथा तिनका अभिभावकका समस्यालाई सम्बोधन गर्ने गरी आवश्यक सहयोग गरिनुपर्छ । गरिबीका कारणले समस्यामा परेका अभिभावकका बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउनका लागि आर्थिक सहयोग, श्रमको क्षतिपूर्ति, अन्य आवश्यक सहयोग गर्न यो नगरपालिका परिवार तत्पर त्यार रहने मेयर पटेलले प्रतिब्द्धता गरेका छन ।
सोही कार्यक्रममा सम्बोधन गर्दै विशिष्ट अतिथिको रुपमा माधवनारायण नगरपालिकाको मेयर बिरेन्द्र प्रसाद यादवले शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्य अलि कठिन कार्य हो । यससँग धेरै पक्षहरू जोडिएका हुन्छन् । शिक्षाको जिम्मेवारी पाएका व्यक्ति, संस्था वा निकाय इमानदार, जिम्मेवार, जवाफदेही हुने र आफ्नो काममा प्रतिबद्ध भएर लाग्ने हो भने धेरै छिटो शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।
शिक्षा क्षेत्रमा कार्य गर्ने व्यक्ति र संस्थाको मूल्यांकनलाई विद्यार्थीको उपलब्धीसँग जोडिनुपर्छ । शैक्षिक उपलब्धि वृद्धि गर्नका लागि शिक्षक व्यवस्था, भौतिक पूर्वाधर निर्माण जस्ता कुराहरूलाई पनि महत्व दिइनुपर्छ । मधेशमा अहिले पनि शिक्षा धेरै पछाडि परेकोले यो विधालयले थप्प शक्ति प्रधान गरेको देखिन्छ । रौतहटको शिक्षामा सुधार ल्याउन यस रौतहट पब्लिक स्कुलले आज देखि जुन नयाँ रुप लिएर अगाडी बढेको मेयर यादवले बताएका छन ।
विशिष्ट अतिथि देवाही गोनाही नगरपालिकाकी उपमेयर श्रीमती परनिया देवी, अतिथि परोहा नगरपालिकाको कार्यकारी अधिकृत देवनाथ यादव, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र साह तथा रौतहट पब्लिक स्कुलको संचालक अर्जुन यादवको सभापतित्वमा एवं शिक्षकहरू लगायत अग्रज महानुभावहरूको उपस्थितमा आयोजना उद्धघाटन समारोह सम्पन्न भएको छ ।