हामी त चिउरा -पानी खाउँला केटाकेटीलाई के खुवाउने ?

बारा : चैत १७ गतेको विनशाकारी हुरीले अत्याधिक क्षति पुर्‍याएकाे भरवलीया गाँउका घरवार विहीनहरुलाई शनिबार साँझदेखि अर्को आपत् आइपरेको छ।

आइतबार साँझ हुरीले गाँउ नै तहसनहस बनाएपछि खानाका लागि भरवलीया गाँउमा आधा दर्जनभन्दा बढी स्थानमा विभिन्न संघसंस्थाले सामुहिक मेस सञ्चालन गरेका थिए ।तिनै मेस शनिबार बन्द गरिएपछि स्थानीयलाई आपत् थपिएको हो । घर नै हुरीले उडाएका स्थानीयका लागि अब कहाँ गएर के खाने भन्ने अन्योल बढेको छ।‘मेस बन्द भएपछि राहतमा पाएको अलिकति फुक्का च्युरा छ त्यही खाएर पानीले पेट भर्नुपर्ला,’ भरवलीयाकी अन्जुदेवी बरइ भन्छिन्, ‘मेस हुँदा खाना त बरु सजिलो नै थियो ।

अब च्युरा र पानी वाहेक अरु विकल्प छैन हामीसँग ।’हुरीले ध्वस्त पारेका घरका भग्नावशेषमै भाडाकुडा, लत्ताकपडा, चुल्हो, अन्नपात सबै पुरिएर नष्ट भएपछि पीडितहरु अहिले ओत लागेर बसेका त्रिपाल र अस्थायी टेण्टमा आफैँ खाना पकाएर खानसक्ने अवस्था नरहेको बताउँछन् ।१५ जनाको परिवार भएका बृद्ध भरवलीयाका गोपी राउत पटेललाई चाहिँ परिवारका सबै सदस्यलाई खानाको बन्दोबस्त मिलाउन झनै मुस्किल भएको छ । उनी भन्छन्, ‘भाँडाकुडा र चुल्हो पनि हावाले उडायो । हामी त जसोतसो च्युरा खाएरै रात काट्न सकिएला, बालबच्चालाई कसरी के खुवाउने !’

राहत बाँड्नेहरुले पनि खाने कुरा र त्रिपाल मात्रै बाँडेको तर खाना पकाउने भाडा वर्तन र ग्याँस चुल्हो भने अहिलेसम्म कसैले नदिएको उनको भनाइ छ।६५ वर्षीया धुरपति देवी पटेललाई पनि आफ्नो भन्दा साना नाती नातिना भोकै होलान् कि भन्ने चिन्ताले सता एको छ । भन्छिन्, ‘म त दुई मुठ्ठी भूजा खाएर पनि अघाउँला । चारजना नाती नातिनाको पेट भुजाले भर्दैन ।’यहाँका केही घाइते त अझै अस्पतालमा छन् । घरमा हुनेहरुलाई भने संस्थाहरुले चलाएका सामुहिक मेस हटाएपछि खानाको चिन्ता बढेको हो । आव स्यक राहत नपाएको रन्कोमा रहेका भरवलीयाबासीहरु अर्को समस्यामा गुज्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles