आँधी प्रभावितका लागि बाबुरामले दिए प्रदेश सरकारलाई ५ लाख

काठमाडौँ आइतबार बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।

भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले जानकारी दिए । 

आइतबारको आँधीबाट बारा र पर्सामा गरी २९ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles