एकाबिहानै बस दूर्घटना, ६ जनाको मृत्यु

736

डडेल्धुरा : डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।

धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को  बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे। प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ। घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइएको छ । बस सडकबाट १०० मिटर तल खसेको छ। घाइते र मृतकको नामावली आइसकेको छैन ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg