बोक्सी आरोपमा छिमेकीबाटै निर्घात कुटिए वृद्ध दम्पति

विराटनगर/ बोक्साबोक्सीको आरोपमा एक वृद्ध दम्पतिमाथि छिमेकीलेै निर्घात कुटपिट गरेका छन् । यो घटना मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बिहीबार भएको हो । बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घात कुटपिट गरेका हुन् ।

लाट्ठी, लात र मुड्कीले निर्घात कुटपिट गर्दा दुबै जना घाइते भएका छन्। घटनापछि दुबैलाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो। तर, नोबेलमा उपचार सम्भव नभएपछि श्रीमतीलाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार सुरु गरिएको छ।

उक्त दम्पत्ति घरमा एक्लै बस्दै आएको थियो। प्रहरीका अनुसार आक्रमणबाट घाइते भएकी वृद्धा मानसिक रुपमा पनि विक्षिप्त बनेकी छन्। वृद्ध–वृद्धामाथि सुन्दरहरैंचा–११ धाती टोल बस्ने ६३ वर्षे टुनका खवास, ३५ वर्षे श्यामलाल खवास, ३१ वर्षे रामकुमार खवास र ३० वर्षे शशिकला खवासले सामूहिक रुपमा आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीका अनुसार श्यामलाल र रामकुमार टुनकाका छोरा हुन् ।

शशिकला टुनकाकी बुहारी र श्यामलालकी श्रीमती हुन् । उनी गाउँ घरमा धामी झाक्रीको काम गर्ने महिला पनि भएको जानकारी प्रहरीले दिएको छ। घटनाका पीडित र पीडकको घर लगभग तीन सय मिटर वरपर रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घरमा परिवारका सदस्य पालैपालो बिरामी भइरहने भएपछि झरफुकका लागि भन्दै टुनकाको घरमा उनकै बुहारी शशिकला धामी चिन्ता बसेकी थिइन। चिन्ता बस्ने क्रममा शशिकलाले वृद्ध दम्पत्ति बोक्सा बोक्सी रहेको बताएपछि परिवारका सबै सदस्य धुरिएर बुधबार विहान साढे १ बजे आक्रमण गरेको एसपी केसीको भनाइ छ।

परिवारका चारै सदस्य मिलेर घरमै पुगेर सुतिरहेका उनीहरुलाई ढोका खोलेर बाहिर निस्कन लगाएर निर्घात कुटपिट गरिएको जानकारी उनले दिए । ‘श्रीमान र श्रीमती बोक्सा, बोक्सी रहेको र उनीहरुले नै कहिल्यै निको नहुने गरी टुनामुना गरिदिएका कारण पालैपालो बिरामी भइरहने कुरा चिन्ता बस्ने क्रममा शशिकलाले बकेपछि घटना सुरु भएको केसीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles