आफ्नै पार्टीका मन्त्रीविरुद्ध पूर्वमन्त्रीको यस्तो कटाक्ष

772

काठमाडौं– पूर्व शिक्षामन्त्री धनीराम पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत् कटाक्ष गरेका छन् । यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो । यो समाचार आजको नेपाल समाचार पत्रमा प्रकाशित छ ।


बहालवाला मन्त्रीको क्रियाकलापप्रति आक्रोश पोख्दै उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ– ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ? ’ उनले लेखेका छन् – ‘आफैंले आफ्नै मन्त्रीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले ५ महिना ७ दिन लगाएर तयार गरेको सार्वजनिक विद्यालयको प्रवद्र्धनका सुझाव र सिफारिससहितको प्रतिवेदनसहित नीति, विधि र कानूनका मस्यौदा घर्रामा थन्क्याएर देशभरिबाट सार्वजनिक विद्यालयसँग सम्बद्ध केही मान्छे काठमाडौंमा बोलाएर भाषण सुनाएर पठाएपछि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरण हुन्छ, तिनले गुणस्तरीय शिक्षा दिन थाल्दछन् भन्ने ठूलो भ्रममा सरकार परेको देखियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय त्यसमा फसेको हो कि फसाइएको हो ?’

यसअघि अधिकांश योजना निर्माण गर्दा मन्त्री पोखरेलले पूर्वशिक्षामन्त्रीको हैसियतले पौडेलसँग सल्लाह लिने गर्थे । स्रोतको आरोपअनुसार पछिल्लो समयमा मन्त्री पोखरेलले एकलौटी निर्णयमार्फत् विभिन्न नयाँ योजना तय गर्दै आएका छन् । ।

पूर्वमन्त्री पौडेलले पनि भने – ‘उहाँको पहिलो प्राथमिकता त प्रतिवेदन सार्वजनिक गर्नु नै हो । सार्वजनिक विद्यालय सुधार गर्न आवश्यक पर्ने सबै बुँदा त्यसैमा छ । किन हतारमा नयाँ कार्यक्रम आयोजना गर्नुप¥यो ।’ उनले दराजमा थन्क्याएर राखिएको उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न समेत माग गरेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको उक्त प्रतिवेदन करिब १ करोड ४० लाख रुपियाँ खर्चेर तयार पारिएको थियो ।

उता मन्त्री पोखरेललाई प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई दबाव दिन नसकेको आरोप लाग्दै आएको छ । मन्त्री पोखरेलले भने– ‘आयोगले बुझाएको प्रतिवेदन सरकारले ग्रहण गरिसकेको छ । प्रतिवेदन बुझाएपछि आयोगको सदस्यको समय सकिसकेको छ । कसैले चिन्ता लिन जरुरी छैन समयमा प्रतिवेदन सार्वजनिक हुन्छ ।’ मन्त्री पोखरेलले आफ्नो एक वर्षअघिको योजनामुताबिक सार्वजनिक विद्यालयको सुधारका लागि राष्ट्रिय सम्मेलन आयोजना गरेको बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg