मदिरा व्यवसायी संघमा श्रेष्ठ

हेटौंडा–मकवानपुर मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो

जसको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव दीपक खत्री, सचिव दिनेश खड्का, कोषाध्यक्ष विनोद कट्टेल रहेका छन् । त्यस्तै सदस्यहरुमा भरतकृष्ण श्रेष्ठ, जेपी केशरी, विष्णुप्रसाद सापकोटा, शिव श्रेष्ठ, ईश्वर श्रेष्ठ र कृष्ण बस्नेत रहेका छन् ।

संघका अध्यक्ष माधव ज्ञवालीको अध्यक्षतामा भएको साधारणसभामा नेपाल मदिरा व्यवसायी संघका अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, संघका सल्लाहकार धर्मकृष्ण श्रेष्ठ, विजयकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles