हेटौंडा सिमेन्टको अनुगमनपछि मन्त्री यादवको यस्तो आग्रह

हेटौँडा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगलाई सबैले मिलेर बचाइराखनुपर्नेमा जोड दिएका छन् । हेटौंडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने मन्त्री यादवको भनाइ छ ।

उद्योगको मंगलबार अनुगमन गर्दै मन्त्री यादवले उद्योगलाई बचाउनका लागि सक्दो प्रयास गर्नुपर्ने बताए। उनले जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए । सरकारी कर्मचारी उद्योगको मालिकसमेत भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको धारणा थियोे। उद्योगलाई परेका समस्या समाधान गर्नका लागि सरकार तयार रहेको मन्त्री यादवको भनाइ थियो ।

अनुगमनसँगै निजी उद्योगले प्रशस्त सिमेन्ट उत्पादन गरेर बजार लिइरहेको वर्तमान अवस्थामा हेटौँडा सिमेन्ट उद्योगको अवस्था पहिचान गर्न र थप व्यवस्थित तथा निजी सिमेन्ट उद्योगसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने विषयमा हिजो मंगलबार मन्त्री यादवसहितको टोलीले अन्तरक्रिया गरेको उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले बताए।

अन्तरक्रियामा मन्त्री यादवसँगै उद्योग मन्त्रालयका सचिव एमकुमारी खतिवडा, प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष न्यौपाने, उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंह, विभिन्न ट्रेड युनियनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles