फेरि बढ्यो डिजेल– पेट्रोलको मूल्य

879

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १र१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू हुनेछ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए । पछिल्लो १०र१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।

यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३।६७ प्रति लिटर र डिजेल १५।६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको निगम बताउँछ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg