श्रीमतीको हत्या गर्ने थाहानगरका गणेशलाई १० वर्ष कैद सजायँ

714

हेटौडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

२०७५ असार २८ गते राति छिमेकीको भोज खाएर आएका थिङले सुतिरहेकी श्रीमतीलाई ओछ्यानमै काठको गजबारले हिर्काएर हत्या गरेका थिए । थिङका छोराछोरी दुवैले सुरुमा बावुले मादक पदार्थ सेवन गरेर आमाको हत्या गरेको प्रहरीमा बयान दिएका थिए । तर अदालतमा बावुले आमाको हत्या नगरेको बयान दिएका थिए ।