कम्प्युटर चलाउन नजान्ने कर्मचारी स्थानीय तहबाट फिर्ता

728

काठमाडौं । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारी फिर्ता पठाएका छन् ।

काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७ भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावारी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेका हुन् ।

त्यस्तै, सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका तथा काठमाडौं नागार्जुन र टोखा नगरपालिकाले एक–एक कर्मचारी फिर्ता पठाएको संघीय मालिला तथा सामान्य प्रशाासन मन्त्रालयले जनाएको छ ।, समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg