के छ आजको पत्रपत्रिकामा ?

1498

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा समेटिउका विषयसँग सम्बन्धित खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोष्ट् दैनिकले सरकारले ल्याएको आर्थिक वर्ष २०७६ – ७७ को बजेट सबैलाई रिझाउने खालको रहेको विश्लेषणसहितको समाचार छापेको छ । चालु वर्षको बजेटको तुलनामा दुई खर्ब १७ अर्ब रुपैयाँले बजेटको आकार बढाएर अर्थमन्त्री डा. युवराज खतिवडाले लोकरिझ्याइँका कार्यक्रम र अन्य विकास निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्नुभएको समाचारको सार छ । यसैगरी, साँसदलाई पैसा बाँडेर स्रोतको दुरुपयोग हुने तर विकास निर्माण नहुने भन्दै चकोृ आलोचना भइरहेका बेला अर्थमन्त्रीले सांसदलाई ६ करोड विनियोजन गरेको विषयलाई आलोचनात्मक विश्लेषणका रुपमा सम्प्रेषण गरिएको अर्को मुख्य समाचार पनि प्रथम पृष्ठमै छापिएको छ ।

नयाँ पत्रिका दैनिकमा बजेट, वितरणमा आशा, आयोजनामा निरासा शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचारमा जिडिपीको १४ प्रतिशत बजेट घाटा र बजेटमा २७ प्रतिशत वृद्धि हुँदा पनि बजेटमा कुनै ‘गेम चेन्जर’ कार्यक्रम वा परियोजना घोषणा नभएको विश्लेषण गरिएको छ । पत्रिकाले चुरोट र मदिरामा मात्रै नभएर पेट्रोलियम र खादपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि गराउने गरि नयाँ बजेट आएको विषय समेट्दै पत्रिकाले वितरणमा आशा छाएको तर आयोजना निर्माणमा निराशा बढेको सार निकालेको छ ।

नागरिक दैनिक ले वितरणले स्रोतमा प्रभाव शीर्षकमा प्रमुख समाचार बनाएर अर्थमन्त्रीद्वारा प्रस्तुत १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेटमा राजस्व असुलीको लक्ष्य महत्वाकांक्षी भएको, आन्तरिक ऋण सीमाभन्दा माथि पुर्याइएको र वैदेशिक ऋण पनि उच्च भएको जस्ता विषयलाई समेटेर बजेटलाई सत्तारुढ नेकपाको चुनावी घोषणापत्रजस्तो भएको विश्लेषण गरेको छ । पहिलो पृष्ठमै प्रकाशित अर्को समाचारमा साढे चार लाख कमाउनेलाई कर छुट गरिएको विषय पनि समेटिएको छ ।

कारोबार दैनिक ले ८.५ प्रतिशत वृद्धिको लक्ष्यसहित बजेट आएको समाचार प्रकाशन गर्दै कसषिमा ३४ अर्ब ८० करोड। शिक्षामा हालसम्मकै उच्च २१ प्रतिशत र समाजिक सुरक्षामा ७३ अर्ब ८५ करोड बजेट विनियोजन जस्ता विषयलाई प्राथमिकता दिएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg