पानी कम हुदा बाग्मति नदिमा मोटरबोट सञ्चालनमा कठिनाइ

1505

चन्द्रपुर। रौतहटको बाग्मति नदिमा पानीको सतह कम हुँदा मोटरबोट सञ्चालनमा कठिनाइ भएको छ । चन्द्रपुर नगरपालिका १ स्थित पर्यटकीय क्षेत्र नुनथर क्षेत्रमा पर्यटकलाई आर्कषण गर्ने उदेश्यले मोटरबोट सञ्चालनमा ल्याईएको हो । मोटरवोट संञ्चालनमा आएपनि बागमती नदीमा पानीको बहाब कम हुदा कठिनाइ भएको हो  । झण्डै ५ फिट गहिराई चाहिने बोटलाई अहिले ३ फिटभन्दा कम पानी भएकाले सञ्चालन प्रभावित भएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकसित हुँदै गएको नुनथर क्षेत्रमा सञ्चालनमा रहेको मोटरबोट पानीका कारण सञ्चालनमा समस्या आएपछि त्यस क्षेत्रमा पुगेका पर्यटक निराश भएका छन् । नयाँ वर्षको अवसर पारेर बागमती नदिमा मोटरबोट सञ्चालनमा ल्याइएको थियो । मोटरबोट सञ्चालन गर्न निकै कम पानी भएकाले समस्या परेको मोटरबोट सञ्चालक समितिका संयोजक गौतम खड्काले बताउनुभयो । चुरे फेदबाट बग्ने नदीमा अहिले पानीको मात्रा कम रहेको उहाको भनाई छ ।  आकाशे बर्षा समेत नभएकाले नदिमा पानीको सतह कम भएकाले पर्यटकलाई टाढासम्म जलयात्रा गराउन सहज नभएको उहाले बताउनुभयो । जलयात्रा गर्न नुनथर क्षेत्रमा पुगेका पर्यटकहरू समेत टाढासम्म घुम्न नपाएपछि निराश हुने गरेका छन् । पानीको मात्रा बढी भएको अवस्थामा पर्यटक खुसी भएर फर्कने गरेको सञ्चालकको भनाई छ । जलमार्ग निर्माण तथा मोटरबोट खरिद उपभोक्ता समितिमार्फत बोट सञ्चालनमा छ । प्रतिनिधिसभाका अर्थ तथा विकास समितिका सभापति कृष्णप्रसाद दाहालको संसद् कोषको रकमले मोटरबोटको परीक्षण गरिएको थियो । संयोजक खड्काले प्रत्येक शनिबार १ सय ५० भन्दा बढी पर्यटकले जलमार्गको यात्रा गर्ने गरेको बताउनुभयो । अहिले पानीको मात्रा कम भएकाले निकै समस्या परेको उहाले बताउनुभयो । नदिमा पानी बहाब बढेको अवस्थामा मोटरवोटलाई टाढासम्म लैजान सकिने उहाको भनाई छ । बोटका कारण यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको थियो । समितिले नदीको दक्षिणपट्टि बाँध लगाएर पानी जम्मा गरे पनि पानी कम भएको सञ्चालकको भनाई छ ।नुनथरदेखि ७ किलोमिटर राईगाउँसम्म सञ्चालन गर्न हाललाई एउटा मात्र मोटरबोट छ । संसद् कोषको २० लाखको बजेटले नदीमा रहेका अग्ला ढुंगाको अवरोध हटाउने र राईगाउँमा स्टेसन निर्माणमा खर्च गरिने जनाएको छ ।बोट खरिदका लागि तत्काल बजेट नभएकाले नारायणी नदीमा चल्ने एचएस मोटरबोट प्रालिका सञ्चालक हरि शर्मालाई मासिक २ लाखका दरले भाडा तिरेर ल्याइएको हो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg