दाइजोको निहुमा कुटपिट:२ महिनाको गर्भ खेर

सर्लाही। माइतीबाट मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै श्रीमानको कुटइबाट मलंगवा नगरपालिको—५ का १८ वर्षिया विनितादेवी यादव गम्भीर घाइते हुनुभएको छ ।

गएको शनिबार २२ वर्षका श्रीमान राजकुमार खिरहरीले मरासन्न हुने गरि कुटपिट गरेपछि उहाँको दुई महिनाको गर्भ पनि खेर गएको छ। कुटाइबाट गम्भीर घाईते हुनुभएका विनितादेवीको शरीरको विभिन्न ठाँउमा गहिरो चोट लाग्नुका साथै दुवै आँखामा रगत जमेको र नशा चुडिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएपछि उहालाइ उपचार गर्न माइती पक्षले सदरमुकाम मलंगवा ल्याएका थिए।विनिता माइती पक्षले कुटपिटमा संलग्न राजकुमारलाइ कार्वाही गर्नु पर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पुगे पनि २४ घण्टा पछि उनी छछुटेका ।

पीडित पक्षले लेखित उजुरी दिन नसकेको कारण उनलाइ पक्राउ गरी २४ घण्टापछि छाडिएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रहरीले उनलाइ श्रीमतीको उपचार गर्ने र अव कहिले पनि श्रीमतीलाइ कुटपिट नगर्ने सर्तमा छोडेको उहाले बताउनुभयो।

विनिताले १८ वर्षको उमेरमा गत वर्ष प्रेम बिवाहा गर्नु भएको थियो। उहाले रुदै भन्नुभयो—मलाइ सानो उमेरमा धेरै फकाएर बिवहा गर्यो, अहिले मोटरसाइकल र फर्निचर चाहियो भनेर दिनदिनै कुट्दा दुइ महिनाको गर्भ खेर गयो उहाले रुदै भन्नुभयो।

शनिबारको घटना भएपनि उपचारको लागि अस्पताल आईपुगेपछि मात्र घटना सार्वजनिक भएको हो।गत वर्ष एक लाख दाईजो दिएर सामाजिक परम्परा अनुसार नै बिवाहा गरिदिएको माइती पक्षले बताइका छन । नेपाल समाचारपत्रबाट साभार।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles