मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा

एजेन्सी

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुगेका छन् । 

उनलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गरेका छन् ।  राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदको सपथ गराउनेछन् । 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरिएको छ ।

बिमस्टेकमा भारत सहित नेपाल, बंगलादेश, भुटान, म्यान्मार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

सपथ कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यू वीन मिन्ट, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका विशेष दूत सहभागी हुने कार्यक्रम छ । साथै किर्गिजस्तानका राष्ट्रपति सूरोन्बे जीन्बेकोभ पनि सहभागी हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीका विदेशमा रहेका मित्रहरु पनि सपथ कार्यक्रममा सहभागी हुँदैछन् । –एएनआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles