कटहरियाबाट वीरगञ्ज जांदै गरेको बस दुर्घटना,एकको मृत्यु

रौतहट,१७ जेठ । रौटहटको कटहरियाबाट वीरगन्ज जाँदै गरेको बा २ ख ५०५५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ ।
बाराको महागढीमाई नगरपालिकामा पर्ने धर्मपुर गाउँ नजिकै शुक्रबार बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।
कटहरिया नगरपालिका–४, की ६५ बर्षीया रघुपति देवी सोनारिनको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो ।

३ जना घाइतेलाई थप उपचारको लागि वीरगन्जको हेल्थ केयर अस्पतालमा लगिएको छ । बाँकी सबैको कलैया अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरी चौकी बरियारपुरले नियन्त्रणमा लिएको छ । बस तिब्र गतिमा रहेको र अनियन्त्रित भई पल्टिएको प्रहरकिो भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles