नेपाली नक्कली नोटसहित पक्राउ

बारा। बाराको कोलवी नगरपालिकाबाट बारा प्रहरीले १० थान नेपाली हजार रुपैयाँको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–९ सोनरनिया घर भएका २७ वर्षीय शिवदयाल महतो रहेको बारा प्रहरीले जनाएको छ ।
बिहिवार साँझ ५ बजे निजगढ बाट ना९प ५४५२ नम्बरको मोटरसाईकलमा आउने क्रममा स्थायी प्रहरीपोष्ट झुरझुरेबाट खटी गएको टोलीले चेकजाँचको क्रममा महतोको साथबाट उक्त नक्कली नोट बरामद गरेको थियो ।

महतोमाथि आज शुक्रबार खोटाचलन मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद थमाएर नक्कली रुपैयाँ बारे थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles