काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् । गोरखापत्र दैनिकले राजधानीमा धुलोभन्दा धुँवाको समस्या गम्भीर रहेको समाचार छापेको छ । समाचारका अनुसार धुलोको समस्या अल्पकालीन हो तर सवारी प्रदूषण दीर्घकालीन हो भनिएको छ ।
नागरिक दैनिकले बालबालिकाको खाजामा घोटाला शीर्षकमा समाचार छापेको छ । धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित द्वारिका आधाभूत विद्यालय वैशाख १० गतेदेखि शुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई सातामै बन्द भएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र दलालबीच भागबन्डा नमिल्दा दिवा खाजा बन्द भएको समाचारमा उल्लेख छ ।
गाउँ काकाकुल शीर्षकमा नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीबासी खोल्सीसम्म धाउन नसक्नेहरु प्रतिगाग्री सय रुपैयाँ पानी किनेर गुजारा चलाउँदै आएका छन् । सांसदले ४० लाख बजेट खर्चेपनि खानेपानी आयोजना प्राथमिकतामा नराखेको स्थानीय आरोप छ ।
दाहालको दबाबबारे प्रधानमन्त्रीले भने ‘नेपालको राजनीतिको स्तर’ शीर्षकमा कान्तिपुर दैनिकले समाचार छापेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली पुग्नुभएका प्रधानमन्त्री ओलीले गम्भीर देखिनुहुन्थ्यो ।
नेपाली दूतावासमा केही नेपालीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीलले ‘मेरो कार्यकाल एक वर्ष हैन, चार–पाँच दिन मात्र बाँकी छ, उहाँको व्यंग्मिश्रित शब्द थियो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरणका विषयमा बोलेपछि प्रधानमन्त्री केपी ओलीले त्यसको जवाफ दिनुभएको हो ।