आगलागी बाट लाखौंको क्षति

पर्सा,२३ जेठ। पर्सामा आगलागी बाट लाखौंको क्षति भएको छ । सखुवा प्रसौनि गाँउपालिका १ औराही निवासी पाण्डु अधिकारीको काठको दुई तल्ले कच्चि घरमा भएको आगलागीवाट ४ लाख बढीको क्षति भएको अस्थाई प्रहरी पोष्ट मनवा, पर्साले जनाएको छ ।

बुधवार राति करिव ११ः५६ बजेतिर विद्युत सर्टभइ आगो लाग्दा अधिकारीको दुई तले घर, घर भित्र रहेको अन्तपात, लत्ताकपडा, नगद र गरगहना जलेर नष्ट हुदाँ उक्त मुल्य वरावरको क्षति भएको हो । मानविय तथा चौपायाको क्षति नभएको उक्त आगो स्थानिय वासी, प्रहरी र दमकलको सहयोगमा बिहिवार बिहान २ बजेको समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg