लागूऔषध सहित २ जना पक्राउ

सर्लाही,२३ जेठ। सर्लाहीको बाग्मती नगरपालिका १२ कर्मैयाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कर्मैयाको कार्यालय नजिकबाट नियन्त्रित लागूऔषध नाईट्रोजेपाम र प्रतिबन्धित लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले बुधवार राति पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा वारा कोल्वी नगरपालिका ४ घर भएका १८ वर्षीय सवीन रानाभाट र २३ बर्षीय सबिन वस्नेत रहेका छन् । ईलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा निजहरु सवार रहेको बा. २४ प. ५०७३ नम्वरको मोटरसाईकलाई रोकी तलासी गर्दा मोटरसाईकल चालक वस्नेतको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोजेपाम ४० ट्याव्लेट , प्रतिबन्धित लागूऔषध गाँजा करिव ५० ग्राम र मोटरसाईकल पछाडी सवार रहेका रानाभाटको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोजेपाम ४५ ट्याव्लेट फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाइ लागुऔषध बेचबिखन मुद्धा अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।