मोटरसाइकल दुर्घटना:श्रीमतीको मृत्यु ,श्रीमान घाइते

पर्सा। बुधबार राति भएको सवारी दुर्घटनामा परी पर्सामा एकजनाको मृत्यु गएको छ भने अर्का एकजना घाइते भएका छन् । वीरगन्ज पोखरिया सडकखण्ड अन्तरगत पर्साकै पोखरिया नगरपालिका वडा नम्बर ९ बैरियामा भएको सवारी दुर्घटनामा परी पर्साकै बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ की २१ बर्षीया प्रभावती देवीको मृत्यु भएको हो ।

ना.११ प.२१८१ नम्बरको मोटरसाइल अनियन्त्रित भइ सडकमा पल्टिदा गम्भीर घाइते भएकी प्रभावतीको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारकय क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी उनका पति २७ बर्षकय नितेश सहनी घाइते भएका छन् । उनको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg