गरुडामा मोटरसाईकल दुर्घटनाः आमाको ज्यान गयो

गरुडा,२८ जेठ। तहटको गरुडा नगरपालिका ८ जिंगडियामा मोटरसाईकल दुर्घटना हुंदा एक महिलाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर गौर सडकखण्डको बिर्ता प्रहरी स्कुल अगाडी आमा छोरा सवार मोटरसाईकल दुर्घटनामा पर्दा आमाको मृत्यु भएको हो । बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका वडा नम्बर ९ की ७० बर्षीय शेख भुउली साहको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

पैदल यात्रीलाई जोगाउने क्रममा मोटरसाईकल अनियन्त्रित भई पल्टिदा महिला गम्भिर घाईते भएको र उपचारका क्रममा चन्द्रनिगाहपुर ल्याउंदै गर्दा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख,प्रहरी निरीक्षक बिजय श्रेष्ठले जानकारी दिए ।

मोटरसाईकल चालक मृतक महिलाको छोरा २४ बर्षिय शेख मुसरफ भने प्रहरीको नियन्त्रणमा रहेको ईलका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *