चन्द्रपुर । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा सहभागी महिला टोलीलाई बिहिबार बिदाई गरिएको छ । विहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि अफिसियल संगै २० जना खेलाडिहरुलाई खादा लगाएर बिदाई गरिएको हो । बिदाई कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले महिला फुटबलका लागी सबै प्रकारको सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
उहांले खेलललाई अगाडी बढाउन र खेलाडीको मनोबल बढाउन आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो । बिदाई कार्यक्रममा फुटबल संघ २ नम्बर प्रदेशका संयोजक नेपाल कार्की,रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी,महिला फुटवलका टिमकोच चित्र दर्लामी,नुरराज काफ्ले, कर्ण लामा लगाएत खेलाडिहरुका साथै अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।
उप मेयर कप अन्तर नगरपालिका महिला फुटबल जेठ ३१ गते शुक्रबार देखि असार १४ गतेसम्म हलचोकस्थित सशस्त्रको खेल मैदानमा हुने रौतहटका फुटबल संघका अध्यक्ष दर्लामीले जानकारी दिनुभयो । प्रतियोगितामा धनगढी उपमहानगरपालिकासहित १६ टोली सहभागी हुनेछन । विराटनगर महानगरपालिका, भिमेश्वर नगरपालिका, हेटौंडा महानगरपालिका, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, शम्भुनाथ नगरपालिका, काठमाडौं महानगरपालिका, पनौती नगरपालिका, बसागढी नगरपालिका, बाह्रबिसे नगरपालिका, कावासोती नगरपालिका, विदुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, पोखरा उपमहानगरपालिका र घोराही तुल्सीपुर उपमहानगरपालिका सहभागी हुने भएका छन् ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेता टोलीले तीन लाख, फेयर प्ले टोलीलाई ५० हजार प्रदान गरिने आयोजकले बताएको छ । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विभिन्न विधाका उत्कृष्टलाई १० हजार प्रदान गरीनेछ । सहभागी हुने टोलीलाई तयारी स्वरुप ५० हजार प्रदान गरीने प्रतियोगिता संयोजक पेमा लामाले जानकारी दिनुभयो ।