२५ दिने सिलाई कटाई तालिम सुरु

चन्द्रपुर । शीप विकास कार्यक्रम अन्र्तगत चन्द्रपुरमा सिलाई कटाई तालिम सुरु गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा २५ दिने सिलाई कटाई तालिम सुरु गरिएको हो । सो तालिम चन्द्रपुर नगरपालिकाको सहयोग तथा समग्र समुदायिक विकास केन्द्रको आयोजनामा सुरु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रपुर वडा नम्बर ५का अध्यक्ष संजय काफ्ले महिलाहरुको लागि यो बिशेष कार्यत्रम रहेकोले महिलाहरुलाई थप उर्जा दिलाउन यस्ता किसिमका कार्यक्रमको आवश्यकता रहेको बताए । तालिम लिएपछि महिलाहरु आफ्नो खुट्टा आफै उभिन सक्ने वडाध्यक्ष काफ्लेले विश्वास लिएको बताए ।

आउंदा दिनहरुमा पनि यस्ता उपलव्धी मुलक कार्यक्रम गर्दै जानुपर्ने र महिलालाई अगाडी बढाउनुपर्ने वडाध्यक्ष काफ्लेले बताए । कार्यक्रममा मातृभुमि बिकास नेपालका अध्यक्ष संतोष काफ्ले,राष्ट्रिय विकास संघका अध्यक्ष वाल कृष्ण ठाकुर लगाएत तालिम लिने ३० जना महिलाहरुको उपस्थिति रहेको थियो ।समग्र समुदायिक विकास केन्द्रका अध्यक्ष तपेन्द्र कुमार राउतको अध्यक्षतामा २५ दिने तालिमको शुरुवात भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles