काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक सन्दर्भका शीर्षकमा समाचार प्रकाशित गरेका छन् । अन्नपूर्ण पोष्ट् दैनिकले गुठी विधेयक फिर्ता लिन दबाब बढेको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकले गुठी विधेयक फिर्ता लिन दबाब बढेको समाचारलाई मुख्य समाचार बनाएको छ । गुठी विधेयकमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा सहभागी नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद, प्रदेशसभाका सांसद, नगरप्रमुख र उपप्रमुख प्रधानमनत्री तथा पार्टीका नेताहरुलाई विधेयक फिर्ता लिा दबाब दिएको समाचारमा उल्लेख गरिएको छ ।
नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री को परिधि शीर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी ओलीले आफ्ना नजिकका निश्चित व्यक्तिहरुको मात्रै सल्लाह लिने गरेको पत्रिकाले उल्लेख गरेको छ । समाचारमा सत्तारुढ नेकपा दर्ता भएपछि केन्द्रिय सििमतिको बैठक एकपटक पनि नबसेको, स्थायी समिति १३ महिनामा जम्मा दुईपटक मात्रै बसेको र इतिहासकै ठूलो पार्टीको सरकार सञ्चालनमा शून्यता देखिएको विश्लेषण गरिएको छ । यस्तै पत्रिकाले मन्त्रीपरिषद्मा प्रधानमन्त्री ओलीको सञ्चार मन्त्री गोकुल बाँस्कोटा बाहेकका मन्त्रीहरुसँग समेत खासै राम्रो सम्बन्ध नरहेको र कर्मचारीतन्त्रसँग पनि गतिलो समन्वय नदेखिएको उल्लेख गरेको छ ।

राजधानी दैनिकमा विवादित गुठी विधेयकलाई लिएर उपत्यकामा आन्दोलन चर्काउनुपर्ने कारणहरु खोज्ने प्रयास गरिएको छ । विधेयकका सकारात्मक र नकारात्मक पक्ष कोट्याउँदै राजधानीले विश्लेषणात्मक समाचार छापेको छ ।
कान्तिपुर दैनिकले विधेयकमा पछि हट्न सत्तापक्षकै दबाब शीर्षकमा प्रमुख समाचार छापेको छ । गुठी विधेयकको विरोधमा उपत्यकामा आन्दोलन चर्किएपछि सरकारलाई पछि हट्न दबाब बढेको समाचारमा उल्लेख गरिएको छ । यस्तै बझाङमा साँघुरो घुम्तीले दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएको समाचार पनि पत्रिकाको प्रथम पृष्ठमा समेटिएको छ ।